९ मंसिर काठमाडौँ । काठमाडौँ सिनामङ्गलको एक होटलमा युवा र युवती एकै ठाउँमा झुण्डिएको अवस्थामा भेटिएको छ । उक्त घटना काठमडौँ महानगरपालिका वडा न ९ मा रहेको परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँले बताए ।
प्रहरीका अनुसार मृत्त भेटीने मा सुनसरीका ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी २९ बर्षीय शर्मिलाकुमारी माझी १२० नम्बर कोठाको होटलको अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।
यी दुई शनिबार बेलुकी अन्दाजी ६:४५ बजेको समयमा होटलको चौथो तलाको कोठा भाडामा लिई बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ।प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए। घटना कारण भने खुलेको छैनन् ।