१० मंसिर काठमाडौँ । एक हप्ता देखि प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज सरकारी अस्पताल भर्ना गरिएको छ । हिजो साँझ उनलाई सरकारी अस्पताल वीर अस्पतालमा भर्ना गरिएको एक प्रहरीले बताए ।
प्रसाईले आफू क्यान्सरको विरामी भएको बताएपछि जिल्ला अदालत काठमाडौंले उनको उचित उपचारको व्यवस्था मिलाउन भनेको थियो।
त्यसपछि उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको एक जना प्रहरी अधिकृतले जानकारी दिए ।अदालतले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबीसहित भिडिओ सार्वजनिक गरेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घरैबाट पक्राउ गरेको थियो । त्यसै बिषयमा उनी माथि थप अनुसन्धान भई रहेको छ ।