Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिलाको शव बोकेर हिँडेका एक युवकको परिचय खुल्यो

महिलाको शव बोकेर हिँडेका एक युवकको परिचय खुल्यो

जोईन खबर

१०, मंसिर २०८१
  • 637
    SHARES
  • महिलाको शव बोकेर हिँडेका एक युवकको परिचय खुल्यो

    १० मंसिर काठमाडौँ । काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेका एक युवकको परिचय खुलेको छ । प्रहरीले उनलाई  शव बोकेर हिडेको अवस्थामा पक्राउ गरेको थियो ।  यस घटनामा पक्राउ पर्ने बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा पक्राउ परेका हुन् ।

    images

    कालिमाटीको संगितमार्गमा मंसिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव भेटिएको थियो । अनुसन्धान गर्दै जाँदा उनको शव युवकले काँधमा बोकेर सडकमा फालेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्दा शव बोकेर फालेको देखिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।

    images
    images
    images

    युवक लागु औषध सेवनकर्ता हुन् । उनले भने, ‘सिसिटिभी फुटेजमा देखिएको मान्छे म नै हुँ भनेका छन् । तर आफूले के गरेको के घटना भएको हो भन्ने थाहा छैन भनेका छन् ।आरोपी विरुद्ध ज्यानसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी भट्टराईले जानकारी दिए । मृतक आफूखुसी सडकमा बस्दै आएकी थिइन् ।

    मृतकको सुरुवाल खुला रहेको हुनाले युवकले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ ।

    प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ११:२८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको