१० मंसिर काडमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रधानमन्त्रीद्वार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८ टिमका मार्की खेलाडीहरूले बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त नबुझेको समेत बताए । विश्वभरि छरिएर रहेका हाम्रा क्रिकेट प्रेमीहरुमात्र होइन अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अङ्गालेका छन् ।

अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए । पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुदै छ ।
