१० मंसिर काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज १५ हजार भन्दा बढीले घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यमा आज एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको हो । हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।