१० मंसिर काठमाडौँ । रूकुम पश्चिममा चक्कु प्रहार गरी छोराले आफनो बुवाको हत्या गरेका छन्।आठबिसकोट नगरपालिका–१० घारीखोलामा ५० वर्षीय दर्वे खत्रीको आइतरबार बेलुकी घरमै चक्कु प्रहार गरी २० वर्षीय छोरा वीरबहादुर खत्रीले हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले बताए ।
प्रहरीका अनुसार छोराले पेटमा चक्कु प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको थियो। पैसा माग्दा नदिएपछि छोराले बुवाको पेटमा चक्कु प्रहार गरेको भन्ने स्थानियहरुले प्रहरी प्रमुख डिएसपी नवराज पोखरेललाई बताएका हुन् ।वीरबहादुर लागुऔषध सेवनकर्ता रहेको भन्ने खुलेको छ।
हत्या आरोपी छोरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाए । हत्या आरोपी वीर बहादुरको खोजीको लागि प्रहरी परिचालन गरिएको छ। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। अरु घटना बारे थप विवरण आउन बाकी छ ।