११ मंसिर काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग ९एनपिएल० को टिकटको लागि मूल्य निर्धारण गरेको छ । क्यानले हिजो एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ।खेल हेर्ने टिकटको मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ।
अरु लिग खेलको ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। सिजनल पासको लागि २० प्रतिशत छुटसहित साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ। खेल मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने भएको छ ।