Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने बिपद् जोखिम न्यनीकरणका लागि  बिभिन्न उन्नाइस स्थानका पहिरो नक्साङ्कन

सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने बिपद् जोखिम न्यनीकरणका लागि  बिभिन्न उन्नाइस स्थानका पहिरो नक्साङ्कन

जोईन खबर

११, मंसिर २०८१
  • 715
    SHARES
  • सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने बिपद् जोखिम न्यनीकरणका लागि  बिभिन्न उन्नाइस स्थानका पहिरो नक्साङ्कन

    ११ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने बिपद् जोखिम न्यनीकरणका लागि वस्ती वरपर रहेका बिभिन्न उन्नाइस स्थानका पहिरोको नक्साङ्कन गरिएको छ । खेती योग्य जमिन तथा भौगोलिक रुपमा पु¥याउनसक्ने सम्भावित क्षतिको न्युनीकरणका लागि नक्साङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    images

    गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्र संङ्घीय खाद्य तथा कृषि संगठन ९एफएओ० मार्फत बढी बस्तीलाई क्षति पु¥याउन सक्ने पालिका भित्रका पहिरो गएका स्थानको नक्साङ्कन गरिएको उहाँको भनाई छ । गाउँपालिकाले १९ स्थानका पहिरोको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।पहिरोको नक्साङ्कनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्युनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्युनीकरण बिशेषज्ञ लिलाजंग गुरुङले जानकारी दिनुभयो ।

    images
    images
    images

    पहिरोको नक्साङ्कन गर्दा पहिरोको भौगोलिक, भौर्गविक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुङ्गा, चट्टानको अवस्थाको अध्ययन गरिन्छ ।नक्साङ्कन गरिएका पहिरोहरुको जोखिमताका आधारमा तीन भागमा बिभाजन गरि नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताउनुभयो ।गाउँपालिकाको वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ५, वडा नम्बर ६ र ८ का बस्तीमा नजिक रहेको पहिरोको नक्साङ्कन गरेको हो । नक्साङ्कनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिमका आधारमा छुट्याइएको छ  । गाउँपालिकाले पहिरोका कारण बस्तीमा क्षति पु¥याउन सक्ने जोखिमयुक्त ठाउँको पहिरोहरुको नक्साङ्कन गरेको हो ।

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - १३:०८:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको