Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भीमसेन थापा गाउँपालिकाको बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना 

भीमसेन थापा गाउँपालिकाको बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना 

जोईन खबर

११, मंसिर २०८१
  • 739
    SHARES
  • भीमसेन थापा गाउँपालिकाको बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना 

    ११ मंसिर काठमडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकाको बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका वडा न ५  बगुवामा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

    images

    गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । “सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक बर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।

    images
    images
    images

    सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको हो । 

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - १६:५३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको