Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको बिली जिन किङ कप एसिया खेलमा लगातार दोश्रो जित

नेपालको बिली जिन किङ कप एसिया खेलमा लगातार दोश्रो जित

जोईन खबर

११, मंसिर २०८१
  • 610
    SHARES
  • नेपालको बिली जिन किङ कप एसिया खेलमा लगातार दोश्रो जित

    ११ मंसिर  काठमाडौँ । नेपालले बिली जिन किङ कप एसिया ओसिएना मा मंगलबार लगातार दोश्रो जित हात पारेको छ । नेपाल टेनिस संघका सदस्य एवं नेपाली टोलीका व्यवस्थापक अजय विष्टका अनुसार समूह ‘बी’ मा नेपाली महिला टोलीले गुआमलाई ३–० ले पराजित ग¥यो ।

    images

    बहराइनको मानामामा जारी प्रतियोगिताको सिंगल्समा नेपालकी अभिलाषा विष्टले फ्रेमोन्ट गिब्सनलाई ६–७९३०, ७–५ र ६–२ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी सुनिरा थापाले अमेल्ले हेलेन पेरेजलाई ६–० र ६–० ले सहजै हराइन् ।

    images
    images
    images

    डबल्समा नेपालका स्वस्तिका विष्ट र प्रकृति श्रेष्ठको जोडीले फ्रेमोन्ट र इस्पिनोसाको जोडीलाई सीधा सेटमा ६–१ र ६–१ ले पाखा लगाए ।ग्रप ३ को प्रतिस्पर्धामा यसअघि नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई २–१ पाखा लगाउदै विजयी सुरुआत गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार फिलिपिन्सको सामना गर्ने छ ।

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २१:०१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको