Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुर ५ लाई टिम स्वर्ण

भक्तपुर ५ लाई टिम स्वर्ण

जोईन खबर

११, मंसिर २०८१
  • 637
    SHARES
  • भक्तपुर ५ लाई टिम स्वर्ण

    ११ मंसिर काठमाडौँ । भक्तपुर ५ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।

    images

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा भक्तपुर ५ का दिया देउला, नर्मदा खाइतु, समिरा सैजु, साइना लिबी र काजलकुमारी सम्मिलित टोलीले काठमाडौं २ का शुभश्री श्रेष्ठ, रविना महर्जन र आर्सिया मानन्धरको टोलीलाई ३–१ ले पराजित गरे ।

    images
    images
    images

    भक्तपुर २ र ललितपुर १२ ले संयुक्त रुपमा तेश्रो स्थानमा चित्त बुझाए ।अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिरा पौडेल पराजुली पहिलो भइन् ।

    इन्दिराले फाइनलमा ललितपुर ११ की सर्मिला शाक्यलाई १२–१०, ११–७ र ११–८ को सोझो सेटमा हराइन् । काठमाडौं २९ की सम्झना पोखरेल र ललिपतुर ९ की विजेता व्यञ्जन्कार तेश्रो बने ।

    मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा करिब ४ सय ५० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी हुन् भने दि ह्यानडीक्राफ्टका अध्यक्ष नदिमरत्न शाक्य, इटीटी क्लबका उपाध्यक्ष रवि धाक्वा र अनर मोबाइलले सह–प्रायोजन गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २१:१८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको