१२ मंसिर काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरेको छ । मंगलबार गाउँपालिकाले आयोजित एक कार्यक्रम बिच गाउपालिका भित्रका ३६ जोडीलाई सम्मान गरेको हो ।
यस गाउँपालिकाले छुवाछसत अन्त्यका वा लैगिङ हिसाविरुद्वको १५ दिने अभियानको अवसरमा गाउपालिका अध्यक्ष लोक प्रसाद बन्जारा र उपाध्यक्ष अमृता देवी वस्तीले अविर माला लगाएर सम्मान गरिएको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताउनु भयो । जातीय विभेद तथा छुवाछुत अन्त्यको उद्देश्यका साथ सम्मान गरिएको हो । यसै कार्यक्रमको दिन बिहान पालिकाको वरपरको क्षेत्रमा प्रभातफेरी गरिएको थियो । त्यस पछि पालिका भरिका दलित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको थियो । त्यसमा सम्मान गरिएको सबै जोडीहरु नवविवाहित रहेका थिए ।
उनीहरुलाई घरपरिवारले स्वीकार नगरेको अस्वथामा पालिकाले यसरी सम्मान गर्दा खुशस् समेत देखिएका छन् । पालिकाले त्यस ठाउमा दलित बाहेक अरु जातीका मानिसहरु पनि अन्तरजातीय विवाह गर्ने धेरै भएका कारण सम्मान गर्ने सम्भव नभएकोले अहिले दलित अन्तरजातीय विवाह गर्नेलाइृ मात्र प्रथामिकता दिएर सम्मान गरिएको हो ।
हिजो भएको सम्मानित कार्यक्रममा भीमसेन थापा गाउँपालिकाको समाजिक विकास समितिका प्रमुख तथा गाउँपालिका वडा न ८ का वडा अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिका सामाजिक शाखाका प्रमुख, गाउँपालिकाको कर्मचारी लगायत उपस्थिति थिए ।