Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोसी सरकारले एनपीएलको उपाधि  विराटनगर किंग्सले जिते नगद ३० लाख दिएर सम्मान गर्ने घोषणा

कोसी सरकारले एनपीएलको उपाधि  विराटनगर किंग्सले जिते नगद ३० लाख दिएर सम्मान गर्ने घोषणा

जोईन खबर

१२, मंसिर २०८१
  • 634
    SHARES
  • कोसी सरकारले एनपीएलको उपाधि  विराटनगर किंग्सले जिते नगद ३० लाख दिएर सम्मान गर्ने घोषणा

    १२  मंसिर काठमाडौँ । कोसी प्रदेश सरकारले नेपाल प्रिमियर लिग ९एनपीएल०को उपाधि विराटनगर किंग्सले जिते ३० लाख नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । विराटनगर किंग्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

    images

    नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गर्न लागेको एनपीएलका लागि कोसी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढने र  क्रिकेटबाट राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे ।

    images
    images
    images

    मुख्यमन्त्री कार्कीले भने,आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिने बताए । विराटनगर किंग्सको मुख्य प्रशिक्षक केभिन ओ ब्रायन छन् ।  प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
     

    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ११:५१:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको