Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मंसिर १५ गतेदेखि सुरु हुने एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीले  कार पाउने

मंसिर १५ गतेदेखि सुरु हुने एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीले  कार पाउने

जोईन खबर

१२, मंसिर २०८१
  • 682
    SHARES
  • मंसिर १५ गतेदेखि सुरु हुने एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीले  कार पाउने

    १२ मंसिर काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा हुनेपहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल०मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार प्रदान गरिने भएको छ ।

    images

    एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो ।सम्झौता पत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    उत्कृष्ट खेलाडीले एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउने भए पनि कुन कम्पनीको कार पाउने भने अहिले पक्का  भएको छैन । एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे।

    साथै एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ले एनपिएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ ।एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।

    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १५:५८:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको