Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा आज राति देखि मौन अवधि सुरु हुने

उपनिर्वाचनमा आज राति देखि मौन अवधि सुरु हुने

जोईन खबर

१३, मंसिर २०८१
  • 559
    SHARES
  • उपनिर्वाचनमा आज राति देखि मौन अवधि सुरु हुने

    १३ मंसिर काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने जाएको छ ।

    images

    मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । अहिले हुन लागेको ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदै छ ।

    images
    images
    images

    दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

    ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काङ्ग्रेसकै टीकाकुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भइसकेका छन् ।यसै गरी रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ११:२८:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको