Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई जिल्ला जोडने झोलुङ्गे पुल मर्मत पछि पुन सञ्चालनमा

दुई जिल्ला जोडने झोलुङ्गे पुल मर्मत पछि पुन सञ्चालनमा

जोईन खबर

१३, मंसिर २०८१
  • 574
    SHARES
  • दुई जिल्ला जोडने झोलुङ्गे पुल मर्मत पछि पुन सञ्चालनमा

    १३ मंसिर काठमाडौँ । दुई जिल्ला गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत सम्पन्न पछि सञ्चालनमा  आएको छ ।

    images

    गएको असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो ।

    images
    images
    images

    गाउँपालिका विपद् कोषबाट विनियोजन भएको रु एक लाखको लागतमा पुल मर्मत भएको उहाँले बताउनुभयो । पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।

    यो पुल बाढीले बगाए पछि एक जिल्ला बाट अर्काे जिल्ला जाना गारो भएको थियो । त्यस मर्मत पछि सहज हुदा सजिलो भएको छ । 

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ११:५३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको