१३ मंसिर काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।
गठ्ठाघरचोकबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ ।
घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।