१३ मंसिर काडमाडौँ । मकवानपुरको पूर्व(पश्चिम राजमार्गमा कन्टेनर दुर्घटना हुँदा सडक अवरूद्ध भएको छ।आज बिहान सवा १० बजे हेटौंडा उपमहानगरपालिका वडा न १५ चुरियामाईस्थित पूर्व(पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कन्टेनर एक्कासी पल्टिएको हो।
प्र।२(०३(००१ख ६७३८ नं।को कन्टेनर बिच सडकमा पल्टिँदा राजमार्ग अवरूद्ध बनेको छ। चालक मकवानपुर मनहरी गा।पा। ६ बस्ने बर्ष अं। ३० को महेश मोक्तान दाहिने हातमा चोट लागेको छ।
क्रेनले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटना बारे थप विवरण आउन बाकी छ ।