१३ मंसिर काठमाडौँ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा न १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमालेका नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् ।
आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा १२९७ नम्बरको लागि स्थानीयले नियन्त्रणमा लिएका छन्।
उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, झविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।