Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपचुनावी प्रचारको अन्तिम दिन शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्दै 

उपचुनावी प्रचारको अन्तिम दिन शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्दै 

जोईन खबर

१३, मंसिर २०८१
  • 802
    SHARES
  • उपचुनावी प्रचारको अन्तिम दिन शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्दै 

    १३ मंसिर काठमाडौँ । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

    images

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् ।

    images
    images
    images

    काँग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबाटोमा हुने सभामा सम्बोधन गर्दैछन् ।

    कीर्तिपुरमा काँग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेदवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १५:२४:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको