Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

जोईन खबर

१३, मंसिर २०८१
  • 661
    SHARES
  • युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

    १३ मंसिर काठमाडौँ । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो ।

    images

    देशभरका कलेजलाई सहभाी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिकएको हाइपएतीको सिइओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता आगामी पुस ३ गते हुने आयोजकले जनाएको छ ।ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी कुल ८ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

    images
    images
    images

    नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् ।ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गरेको बताए ।प्रतियोगिकाको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले  ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् ।

    विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कूल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १८:१८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको