Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेलम्ची खाने पानी बागमती नदीमा छाडियो

मेलम्ची खाने पानी बागमती नदीमा छाडियो

जोईन खबर

१४, मंसिर २०८१
  • 928
    SHARES
  • मेलम्ची खाने पानी बागमती नदीमा छाडियो

    १४ मंसिर काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्ची खाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।

    images

    आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ ।

    images
    images
    images

    बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो  ।

    बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेको लामिछानेले बताउनु भयो ।  

    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १५:०३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको