१४ मंसिर काठमाडौँ । रामेछापमा सुमो दुर्घटना हुदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षसहित ५ जानको मृत्यु भएको छ।
शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ आउदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्षसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए ।
अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।