१४ मंसिर काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौं सरकारी वकिल कार्यालयले शुक्रबार चार घन्टा बयान लिएको छ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि शुक्रबार बयान भएको हो।शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बयान लिइएको थियो।
बीचमा एक घन्टा खाना खान समय छुट्टाइएको थियो।लामिछानेसँग परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन्।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो।लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो।