१६ मंसिर काठमाडौँ । धनकुटाको विद्यालयबाट घर फर्किदै गरेकी एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । घटना सहिदभूमी गाउँपालिका–३ मा भएको हो ।
सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको प्रहरीले बताए । शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किने क्रममा स्थानीय च्याब्रुङ भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी बालिकाको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
अहिले शव जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ । उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्द छ ।