१६ मंसिर काठमाडौँ । आज आइतबार देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भागमा भने बिहानैदेखि हुस्सु÷ कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
दिउँसो कोशी, मधेसलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति कोशी, गण्डकी, र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।