१६ मंसिर काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा रिक्त ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा गोरखामा आज हुदै गरेको उपनिर्वाचन उत्साहपूर्वक मतदान भइरहेको स्थानीयहरुले बताए ।
त्यसैगरी गोरखा नगरपालिका वडा न ५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ ।
यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।