१६ मंसिर काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरको पानीट्यांकीमा पासो लगाएर झुण्डिएको अवस्थामा एक जना भारतीय नागरिकाको सकुशल उद्धार गरिएको छ ।
उनी भारतीय नागरिक करिब ४० वर्षीय धिरेन्द्र चौधरीको शनिबार ।सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।निर्माणधीन पानी ट्यांकीमा काम गर्दै आएका चौधरी झण्डै ३४ मिटर अग्लो पानीट्यांकीमा झुण्डिएका थिए ।
चौधरीसँगै काम गर्दै आएका अर्का मजदुरले उनले लगाएको पासो खोले र उद्धार गर्न नसकेपछि स्थानीयहरुलाई अबर गरि त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वालाई जानकारी गरि उद्वार गरिएको हो ।
खबर प्रप्ता भए लगत्तै सशस्त्र प्रहरी बल सामाग्रीसहित घटनास्थलमा खटि जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बलका डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।चौधरीको राज्यलक्ष्मी अस्पताल कलैया बारामा उपचार भईरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले बताए ।