१६ मंसिर काठमाडौँ । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट् एसोसिएसन्द्धारा विभिन्न माँग सहित पूर्व प्रधान मन्त्री तथा नेपाली का“ग्रेसका सम्माननीय सभापति शेर बहादुर देउबालाई ज्ञापन पत्र बुझाएका छन् । बुढानिलकण्ठ स्थित देउबा निबासमा आज खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले उक्त ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू संगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने बताए ।

उनीहरूले खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परिक्षण, खेलाडीहरूको खानपीन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि वढाईनु पर्ने माँग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन्।सभापति देउबाले उक्त माँगहरुलाई सकारात्मक रुपमा लिनु भई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताउनु भयो ।