Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 उपनिर्वाचनमा गोरखा नगरपालिका वडा न ५ बाट माओवादीका राना ८४ मतको अग्रतासहित विजयी

 उपनिर्वाचनमा गोरखा नगरपालिका वडा न ५ बाट माओवादीका राना ८४ मतको अग्रतासहित विजयी

जोईन खबर

१७, मंसिर २०८१
  • 676
    SHARES
  •  उपनिर्वाचनमा गोरखा नगरपालिका वडा न ५ बाट माओवादीका राना ८४ मतको अग्रतासहित विजयी

    १७ मंसिर काठटमाडौँ । गोरखाको उपनिर्वाचनमा  गोरखा नगरपालिका वडा न ५ बाट वडाध्यक्षमा माओवादी केन्द्रका बिष्णुबहादुर राना मगर ८४ मतको अग्रतासहित बिजयी भएका छन् ।

    images

    विजयी रानाले  जम्मा ४८६ मत ल्याएका थिए । उनी संग प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले ४०२ मत ल्याएका थिए ।  नेकपा एमालेकी उम्मेदवार दुर्गा माया रानाले ३४५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाले १२ मत, नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १०, मंगोल नेशनल अर्गनाइजेसनकी भवानी थापा मगरले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुप सिं रानाले ५ र नेशनल रिपब्लिक नेपालकी सविना तामाङले ४ मत ल्याएकी छन् ।

    कुल २ हजार २२५ मतदाता रहेको उक्त वडामा १ हजार ३७३ मत खसेको थियो । जसमध्ये १८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो ।

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - ११:२६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको