१७ मंसिर काठमाडौँ । हिजो भएको उपनिर्वाचनमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा न ५ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री ४५ मतको अग्रतासहित विजयी भएका छन्।
माओवादीबाट जितेका झाक्रीले १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनीका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।
यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।