१७ मंसिर काठमडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ ।सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले २९ रन, माइकल लेभिटले २५ रन ,स्किनाजी ४ रन, विदेशी खेलाडी जेरार्ड एरास्मसले ४ रन, भीम सार्की १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।तेह्रौं ओभर लुक बेन्केनस्टेइनद्वारा राशिद खानले ४ रन बनाउँदै आउट भए ।
डान डाउथवेटले १९ रन जोडे ।चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।