१७ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।सोमवार भएको लिगको आफ्नो पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लागि सन्तोष कार्कीले २८ रन,लुक बेन्केनस्टेइनले २२ रन,ओपनर हसन इसाखिलले १२ रन,कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे ।शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए ।काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजीले ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।
तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।
पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए ।आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।