१७ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। आज सोमबारकीर्तिपुर त्रिवि मैदानमा टस जितेको कर्णालीले पहिलो ब्याटिङ रोजेको छ। नेपाली दर्शकलाई भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्ने मौका मिलेको छ ।
दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी हुन् । कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ भारतबाट नेपाल आइपुगेका थिए। धवन भारतका चर्चित ओपनिङ ब्याटर हुन्।३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी(२० तीनै फर्म्याटका खेल खेलेका छन्।
न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन्। उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए।जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए। ३४ वर्षीय निशमले पनि न्युजिल्यान्डका लागि तीनै फर्म्याटका खेल खेलेका छन्।
भारतको आइपिएलमा उनले सन् २०१४ देखि खेलेका थिए।कर्णालीमा धवनले नेपालका तीव्र गतिका बलर सोमपाल कामीको कप्तानीमा खेल्नेछन्। जनकपुरको कप्तान अनिलकुमार साह छन्। उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्।