Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ ८ सय मिटर पुरा

सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ ८ सय मिटर पुरा

जोईन खबर

१७, मंसिर २०८१
  • 586
    SHARES
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ ८ सय मिटर पुरा

    १७ मंसिर काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङको मुख्य टनेल ८२४.८१ मिटर खन्ने काम सकिएको छ । कुल १ हजार १ सय २६ मिटर लामो यो सुरुङ निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।सिद्धबाबा सुरुङ आयोजनाका अनुसार उत्तरतर्फबाट ३६८.०९ मिटर र दक्षिणतर्फबाट ४५६.७२ मिटर सुरुङ खनिएको छ ।

    images

    सुरुङमा लाइनिङको काम भने अझै थालिएको छैन । यहाँ सुरुङ बाहेक तीन बाइपासको काम जारी छ ।पछिल्लो अपडेट अनुसार प्रोटेक्सन वर्कतर्फ दक्षिणमा १ हजार ४ सय ९५ वर्गमिटरको काम भएको छ । २ हजार ३ सय वर्गमिटरमा काम हुँदैछ । उत्तरतर्फ १ हजार १ सय वर्गमिटरमा प्रोटेक्सनको काम हुने लक्ष्य रहेकोमा ४ सय ९५ वर्गमिटर भइसकेको छ ।

    images
    images
    images

    विभिन्न पूर्वाधार निर्माणको भौतिक प्रगति ३३.५९ प्रतिशत पुगेको छ । यस आयोजनाको वित्तीय प्रगति ३२.२ प्रतिशत पुगेको छ ।सुरुङ एक वर्ष अगाडिदेखि खन्न थालिएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले लिएको छ ।

    यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दै छ ।

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १४:१४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको