१७ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल०को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले प्रतिस्पर्धात्मक २० ओभरमा १४२ रनको लक्ष्य दिएको हो ।
कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सलाई पछिल्लो समयको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन जोडेका थिए । अर्जुन घर्तीले ३३ बनाउँदै रन आउट भए । अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे ।
ओपनर शिखर धवनले १४ रन बनाएर आउट भए । देवले १ रन ,चाल्डिक वाल्टनले ८ रन,बाबर हायतले १२ रन बनाउका हुन्।
खेलमा जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले आउट गरेका थिए । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।