Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलमा जनकपुर बोल्ट्सको लगातर दोस्रो जित

एनपिएलमा जनकपुर बोल्ट्सको लगातर दोस्रो जित

जोईन खबर

१७, मंसिर २०८१
  • 739
    SHARES
  • एनपिएलमा जनकपुर बोल्ट्सको लगातर दोस्रो जित

    १७ मंसिर काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा  ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले आज लगातार दोस्रो जित हात पारेको छ ।सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ ।

    images

    कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५।१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिल शाहले सर्वाधिक ६२ रन बनाए । कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले मिले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले  ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १०औं ओभरको चौथो बलमा आउट भए ।

    images
    images
    images

    लाहिरु मिलन्थाले २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए । लगातार दुई खेलमा जितका साथ ४ अंकका साथ जनकपुर शीर्ष स्थानमा रहेको छ ।जनकपुरले पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । 

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १६:२५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको