१७ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका थिए ।
उनीहरू खेलाडी भएको ठाउँसम्मै पुगेका थिए र सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए । तर, यसले खेलाडीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
त्यसो त खेल चलिरहँदा अनिलले छक्का प्रहार गरेपछि दुई बालकहरू नै मैदानमा छिरेका थिए । उनीहरूलाई पनि लगत्तै बाहिर निकालिएको थियो । यसरी क्यानले पहिलो दिन दर्शक व्यवस्थापन गर्न सकेको थिएन ।