Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनको अन्तिम नतिजा सार्वजानिक, कुन कुन स्थानमा कुन दले जित्यो 

उपनिर्वाचनको अन्तिम नतिजा सार्वजानिक, कुन कुन स्थानमा कुन दले जित्यो 

जोईन खबर

१८, मंसिर २०८१
  • 571
    SHARES
  • उपनिर्वाचनको अन्तिम नतिजा सार्वजानिक, कुन कुन स्थानमा कुन दले जित्यो 

    १८ मंसिर काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् ।

    images

    उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भइन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भइन् । आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे विजयी भए ।

    images
    images
    images

    मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।

    उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी भएका छन् ।  नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १०:३१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको