१८ मंसिर काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।
बुद्ध एयरको जहाजमार्फत काठमाडौँबाट लामिछानेलाई चितवन लगिएको हो । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन पुर्याइएको हो ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप लागेको छ ।साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको थियो ।
उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको हो । त्यस पछि लामिछानेको नाम जोडीए पछि उनलाई पनि बयानको लागि चितवन लागिएको हो ।