Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तीन जिल्लामा नक्काली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ

तीन जिल्लामा नक्काली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ

जोईन खबर

१८, मंसिर २०८१
  • 598
    SHARES
  • तीन जिल्लामा नक्काली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ

    १८ मंसिर काठमाडौँ ।  नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

    images

    झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार निजहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।पक्राउ परेका उनीहरुलाई अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १०:५५:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको