१८ मंसिर काठमडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौं खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजको खेल सुरु भएको छ ।
किर्तिपुर टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले बलिङ रोजेका हुन् ।कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ ।
चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।