Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बापाक सुलिकोटको पालिकाभित्र व्यवसायिक कफी खेती सुरुवात

गोरखाको बापाक सुलिकोटको पालिकाभित्र व्यवसायिक कफी खेती सुरुवात

जोईन खबर

१८, मंसिर २०८१
  • 616
    SHARES
  • गोरखाको बापाक सुलिकोटको पालिकाभित्र व्यवसायिक कफी खेती सुरुवात

    १८ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र व्यवसायिक कफी खेती सञ्चालन  गर्ने भएको छ । यस पालिकाले सबै वडाहरुमा कृषक समूह बनाई कफी खेती सुरु गर्ने कार्य थालेको हो ।

    images

     व्यवसायिक कफी खेतीका लागि गत जेठ ६ गते चार पक्ष बीच सम्झौता भएको थियो । जसमा प्रथम पक्ष फ्रेस्को हिमालय प्राइभेट लिमिटेड, दोस्रो पक्ष कृषक समूह, तेस्रो पक्ष गाउँपालिका र चौथो पक्ष एकीकरण नेपाल बीच कफी खेतीका विविध विषयमा दस वर्षको लागि सम्झौता भएको हो ।उत्पादित कफी फ्रेस्को हिमालयले तोकिएको मूल्यमा खरिद गरी पैसा १५ दिनभित्रमा कृषकको खातामा हाल्नु पर्ने सम्झौता भएको छ ।

    images
    images
    images

    समयमा उत्पादित कफी खरिद नभएको खण्डमा त्यस बापतको रकम भुक्तानी गर्नु पर्ने गरी सम्झौता भएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।त्यसैले गाउँपालिकाले कफी खेतीलाई उत्पादनमूलक तथा दिगो बनाउन छ । गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई आर्थिक अनुदान पनि दिइने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

    कफी खेतीको लागि आवश्यक पर्ने सिंचाई आयोजनामा सहयोग गरी मल खरिद प्रक्रियामा अनुदान दिने उनले जानकारी दिए । व्यवसायिक कफी खेतीका लागि बारपाक सुलीकोट गाउँपालिकाका अहिले  नौ वटा कृषक समूह बनाई ८ वटा वडाको दुई सय १६ जना किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् ।एकिकरण नेपालले यस वर्ष गाउँपालिकालाई पाँच हजार कफीको विरुवा सहयोग गरेको कार्यकारी निर्देशक हरी देवकोटाले बताए । 

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १४:१९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको