१८ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल०को खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १६२ रनको लक्ष्य दिएको छ ।आज भएको दोस्रो खेलमा चितवनले पोखरालाई १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
किर्तिपुर टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको हो ।
खेलमा चितवनका रवि बोपारा ५१ रन,कप्तान कुशल मल्लले ३८ रन बनाए । ल्युक बेनकेनस्टेनले १६ रन,ओपनर हसन इसाखिलले १४ रन बनाएर खेललाई प्रतिस्पर्धात्मक बनाएका हुन् ।
पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले २ विकेट तथा सागर ढकालले १ विकेट गरि ७ विकेट लिएका थिए ।