१८ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ७४ रनमा अल आउट गरेको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो ।
चितवनले पहिलो ब्याटीङ गरेर १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरालाई ७४ रन बनाउँदा १३.२ ओभरमा अल आउट गरेको हो । पोखराका लागि नारायण जोशीले ३० रन,म्याट क्रिचलीले १७ रन बनाए ।
चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
चितवनका लागि रवि बोपाराले ५१ रन,कप्तान कुशल मल्ल ३८ रन,ल्युक बेनकेनस्टेनले १६ रन बनाए ।ओपनर हसन इसाखिलले १४ रन जोडे ।
पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए । लगातार दोस्रो जित हासिल गरेको चितवनको ४ अंक भएको छ । भोलीको पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।