१८ मंसिर काठमाडौँ । चीन औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजीबीच आज भेटवार्ता भएको छ ।
उनीहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल समेत भएको हो ।
साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सिपिसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्य पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगेका हुन ।