१८ मंसिर काठमाडौँ । उही मंसिरको १६ गते भएको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका वडा न-१६ की नवनिर्वाचित वडाध्यक्ष रास्वपाकी रोजिना श्रेष्ठलाई काठमाडौँ मेयर बालेन साहले आज शपथ ग्रहण गराएका छन् ।
उनलाई काठमाडौँ महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।रोजिना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन् ।
काठमाडौँ-१६ बाट निर्वाचित नेपाली काँग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ पुन उपनिर्वाचन भएको हो । निर्वाचित श्रेष्ठ भोली देखि कार्यालय प्रवेश गर्ने छिन् ।