१९ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ को बारपाकमा चार दिनदेखि सम्पर्कविहीन भएकी एक युवतीको शव गाडीउको अवस्थामा फेला परेको छ । घरबाट जंगलमा घाँस काट्न भनेर बिहान हिडेकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
घरबाट बिहान घाँस काट्न भनी हिडेकी सुचिना धेरे समय सम्मा पनि घर नफर्किएपछि परिवार र स्थानियले खोज तलास गर्दा पनि नभेटे पछि उनीहरुले प्रहरी मार्फत खोजी गर्ने खबर गरेका थिए । उनलाई खोज तलास गर्न प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजी कार्य गर्न स्थानीय मैखर्कको जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको प्रहारी नायब उपरीक्षक सुवेदीले बताए ।
प्रहरीले शव भेटे पछि अनुसन्धानमा र्हेदा युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दियो । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।