१९ मंसिर काडमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा आज पनि बयान जारी रहेको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान आज बिहान ९ बजेबाटै सुरू भएको हो ।
मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि बयान नसकिएपछि आज पनि बयान लिइएको हो ।सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुँदै चितवनमा बयानका लागि पुराएको हो ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीवाट रकम लगेको आरोप लागेको छ ।
सोही सिलसिलामा उनी गत कार्तिक २ गतेदेखि हिरासतमा रहेका छन् ।जीबी राई संलग्न चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनीमाथि छ । जजसको बयानका लागि उनलाई काठमाडौंबाट चितवन ल्याइएको हो ।