१९ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा ओपनर शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई जितको लागि १५० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । आजको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको छ ।
कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । धवनको एनपिएलमा यो पहिलो अर्धशतक हो । चाल्डिक वाल्टनले २१ रन जोडेका थिए। चौथो ओभरको पाँचौ बलमा वाल्टन जेहार्ड एरास्मसको बलमा करण केसीबाट समातिए ।
बाबर हायतले १३ रन ,गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन, जिशान मक्सुदले १४ रन बनाउँदै नट आउट रहे । अर्जुन घर्तीले ४ रन जोडे । कर्णालीले पछिल्लो पाँच ओभरमा कुनै विकेट नगुमाइ ५८ रन जोडेका थियो । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए ।